दार्चुला –दार्चुलामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्ष जितेका एकजना नेकपा एमालेको पालिका कमिटि अध्यक्ष बनेका छन् ।
जिल्लाको व्यास गाउँपालिका वडा नं ५ को वडा अध्यक्षमा कांग्रेसबाट निर्वाचित मंगलसिंह धामी एमालेको अधिवेशनबाट एमालेको पालिका कमिटी अध्यक्षमा चयन भएका हुन् ।
बिहीबार सम्पन्न एमाले व्यास गाउँपालिकाको अधिवेशनले मंगलसिंह धामी अध्यक्ष र नारददत्त भट्ट सचिव रहने गरी ९१ सदस्यीय कमिटी चयन गरेको एमाले दार्चुलाले जनाएको छ ।
गत १० असोजमा भएको नेपाली कांग्रेसको पालिका अधिवेशनमा मंगलसिंहले गाउँपालिका सभापतिमा दाबी गरेका थिए । पालिका सभापतिमा पराजय बेहोरेपछि धामी गएको असोज १७ मा एमालेमा प्रवेश गरेका थिए ।
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८ १३:४८
प्रतिक्रिया दिनुहोस्