Sagun Khabar
सामुदायिक रेडियो सगुनको परीक्षण प्रशारण शुरु 

बैतडी–बैतडीमा सामुदायिक रेडियो सगुन ८९.५ मेगाहर्जले परीक्षण प्रशारण शुरु गरेको छ । मिसन पर्यटन संघद्वारा सञ्चालित रेडियोले दशरथचन्द नगरपालिका १ बाट आफ्नो परीक्षण प्रशारण शुरु गरेको हो । 

समुदायका आवाजलाई बुलुन्द पार्ने, सीमान्तकृत समुदायका आवाजलाई सरोकारावालासंग पुर्याउने उद्देश्यका साथ रेडियो सञ्चालनमा ल्याईएको सामुदायिक रेडियो सगुन ८९.५ मेगाहर्जका अध्यक्ष महेश अवस्थीले बताए । उनले भने ‘हामीले समुदायका हरेक सवाललाई मिडिया मार्फत उजागर गर्नका लागि सामुदायिक रेडियो सगुन सञ्चालनमा ल्याएका हौं ।’

Atrya hospital

समुदायका सवाललाई अझ मसिनो हिसाबले उजागर गर्नका लागि रेडियोले पहल गर्ने अध्यक्ष अवस्थीले बताए । रेडियो निङ्गलाशैनीको प्रशारण पहुँच नभएका ठाउँमा पनि प्रशारण पहुँच पुर्याउनका लागि सामुदायिक रेडियो सगुन प्रशारणमा ल्याईएको हो । 

दशरथचन्द नगरपालिका १ मुस्याचोरमा अपलिंक प्रणालीबाटै रेडियोको परीक्षण प्रशारण शुरु गरिएको बताइएको छ । विगतमा जस्तै रेडियो सञ्चालनमा सबैको सहयोग पाइने पनि रेडियो व्यवस्थापनले विश्वास गरेको छ ।  

 

बढी क्षमता भएको बैतडीको पहिलो रेडियो, रेडियो निङ्गलाशैनी ९४ मेगाहर्ज सञ्चालन गरेको व्यवस्थापन समूहले सामुदायिक रेडियो सगुन ८९.५ मेगाहर्ज सञ्चालनमा ल्याएको हो । यसका साथै अनिरुद्र प्रशारण प्रालिले सगुन अनलाइन र सगुन अनलाइन टीभी समेत सञ्चालनमा ल्याईसकेको छ । विभिन्न सामाजिक सवालहरुलाई रेडियो, अनलाइन टीभी र अनलाइन पत्रिका मार्फत उजागर गरिरहेको अध्यक्ष अवस्थीले बताए । 

प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update