कैलाली –सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उप महानगरपालिका ७ का ८८ वर्षीय पुरुषको उपचारको क्रममा सेती अस्पतालमा मृत्यु भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा कसैको पनि कोरोना परिक्षण नगरिएको अस्पतालले जनाएको छ । हाल अस्पतालमा ९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८ १२:५३
प्रतिक्रिया दिनुहोस्