कञ्चनपुर –कञ्चनपुरमा ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका १६ परखेडी बस्ने ५० वर्षीय करन सिंहलाई प्रहरीले शनिबार राति उनकै घरबाट पक्राउ गरेको हो ।
सिंहले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८ १४:५०
प्रतिक्रिया दिनुहोस्