दार्चुला –दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । खर काट्ने क्रममा भीरबाट लडेर जिल्लाको महाकाली नगरपालिका २ बडाली गाउँकी ५१ बर्षीया लालमति बडालको भीरबाट लडेर आइतबार दिउँसो मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
घर नजिकै खर फागलमा खर काट्ने क्रममा बडाल लडेर एक सय मिटर तल परेको थिइन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बडालका २ छोरा र १ छोरी रहेका छन् । दार्चुलामा हरेक बर्ष खर काट्ने क्रममा महिलाहरुले भिरबाट लडेर ज्यान गुमाउदै आएका छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८ १७:३४
प्रतिक्रिया दिनुहोस्