बैतडी-कार्तिकको पहिलो साता भएको अबिरल बर्षाले बैतडीको सिगास गाउँपालिकामा विभिन्न ठाउँका बाटोहरु बगाएपछि स्थानिययबासी जोखिमपुर्ण यात्रा गर्न बाध्य भएकाछन् । अहिले सिगासका मुख्य बाटाहरु थलाकाडा देखि देउरा, बोहरी देखि लेकम, फाङेपौड देखि मसानीधार, भौनेली पातलदेखी वडा न.७ कार्यालय जाने लगायतका मुख्य बाटाहरु र गाँउघरमा ओहोर दोहार गर्ने अधिकांश बाटाहरु भक्तिएकाछन् ।
दुर्गम क्षेत्रका करिव १५ बाटोहरु बाढी पहिरोले भत्काएको सिगास ७ लेकमका सुरेन्द्र साउदले बताए । ‘हाम्रो पालिका भित्र १५–२० बाटोहरु बाढी पहिरोले बगाएको छ । गुणस्तरीय बाटो त कतै थिएनन् । तरपनि हिड्न सकिने बाटोहरु थिए । त्यो बाटोहरु मध्ये अधिकांश बाटोहरु बगेकाछन् । केहि बाटोहरु त नाम निसान नै मेटिने गरेर भत्किएका छने भने, केहि ठाउँठाउँमा पहिरो गएर अवरुद्ध छन् ।’बाटो भत्किएपछि स्थानियबासीहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएको उनले बताए ।
बर्षाले सिगास ६र ७ बाट बझाङ्ग जिल्लाको देउरा बजार जाने मुख्य बाटो बगाएपछि समस्या भएको सिगास ६ का इश्वर साउदले बताए । उनले भने, ‘हाम्रो मुख्य बजार भनेकै देउरा बजार हो । दैनिक उपभोग्य बस्तुहरु, नुनतेल, खाद्यान्न देखि निर्माण सामग्रीहरु लगायत चाहिएका सबै सामान देउराबाटै ल्याउने गरेको थियौँ । र देउरा जाने बाटो को ठाउँ ठाउँमा भत्किएपछि जोखिम मोलेर यात्रा गरिरहेका छौँ ।’ बाटो भत्किएपछि स्थानियबासीहरु सेति नदिको माथिपट्टिको भीरबाट यात्रा गर्न बाध्य छन् । बाटो बिग्रीएसंगै बुढापाका, सुत्केरी महिला र बिरामी मान्छे ओहोर दोहोर गर्न सक्ने स्थीती छैन् ।
ठाउँठाउँका बाटोहरु भत्किएपछि सिगास गाउँपालिकाको वडा न. ५, ६ र ७का गाउँहरुका बासिन्दालाई बजार सम्म पुग्न मुस्किल भएको छ । ढुंगाडमा भने सेति नदि माथीको पुल नै बाढीले बगाएपछि दैनिक उपभोग्य बस्तु ल्याउनका लागी दिनभर हिड्नुपर्ने बाध्यता हेको छ । बिगतमा डोटिको आर्दश गाउँपालिकाका बजारबाट सामान ल्याउने गरेकोमा अहिले डडेल्धुराबाट खच्चरमा सामान ल्याउनुपर्ने बाध्यता रहेको छ । खच्चरबाट सामान मगाउदाँ १केजिको १० रुपया तिर्नु परिरहेको स्थानिय राजेश चन्दले बताए ।
बाटोहरु निमर्माण गर्न तर्फ कसैको ध्यान नगएको सिगास ७ का भिम बोहराले बताए । उनले भने, बजारसम्म पुग्ने बाटोहरु सबै भत्किएकाले कँहाबाट सामान ल्याने के खाने भन्ने चिन्ता बढको छ । जसको घरमा युवाहरु छन् । उनिहरु त जोखि मोलेर यात्रा गरि सामान ल्याउछन् । असक्त व्यक्तिहरुलाई निकै समस्या छ । बाटोहरु र पुलहरु भत्किएदेखी समस्यामा परेको उनले बताए ।
सिगासका विभिन्न वडाहरुमा बर्षाका कारण पुगेको क्षतिबारे अवलोकन गर्न त्यहाँ पुगेका बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीले सिगास बासीको समस्या समाधान गर्ने आश्वासन दिएकाछन् । उनले सिगासमा भएको सबै क्षति अध्ययन पछि संसदमा कुरा उठाउनुका साथै पुर्ननिर्माणका लागी सकारका सबै सम्बन्धीत निकायहरु संग पहल गर्ने बताए । सांसद भण्डारीको टोली गत १हप्ता देखि सिगास भ्रमणमा रहेको छ । ३दिनको बर्षाका कारण सिगासबासीको ७सय रोपनि धान खेत बगरमा परिणत भएको जिल्ला प्रशासन कार्यालय बैतडीको तथ्यांक रहेको छ ।