बैतडी–बैतडीमा नेकपा एमालेको पालिकाहरुको अधिवेशन आज हुदैँछ । जिल्लाका १० ओटै स्थानियतहमा आज अधिवेशन हुन लागेको पार्टी जिल्ला सचिव तथा प्रदेशसभा सांसद लिलाधर भट्टले बताए । पालिकाहरुको अधिवेशनका लागि सबै पालिकामा तयारी पुरा भइसकेको उनले बताए ।
बैतडीका १० ओटै स्थानीय तहमा अधिवेशन सम्पन्न गर्नका लागि प्रतिनिधि खटाइएको समेत सचिव भट्टले बताए । मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकामा अधिवेशन सम्पन्न गर्न सचिव भट्ट आँफै प्रतिनिधिको रुपमा खटिएका छन् ।
यस्तै पञ्चेश्वरमा केन्द्रिय सदस्य पुरनसिंह दयाल, पाटन नगरपालिकामा प्रदेश कमिटि सदस्य मोहनसिंह थापा, दशरथचन्द नगरपालिकामा प्रदेश कमिटि सदस्य पुष्करराज जोशी (लख्खाभाई) र पुर्चौंडी नगरपालिकामा संघीय सांसद एवं प्रदेश कमिटि सदस्य दामोदर भण्डारीलाई खटाइएको छ ।
यसैगरी जिल्लाको डिलाशैनी गाउँपालिकामा जिल्ला अध्यक्ष सुरेन्द्र पाल, दोगडाकेदार गाउँपालिकामा जिल्ला उपसचिव चक्रबहादुर कार्की, सुर्नया गाउँपालिकामा प्रदेश कमिटि सदस्य नरेश विश्वकर्मा र सिगास गाउँपालिकामा जिल्ला सचिवालय सदस्य रमील बमलाई प्रतिनिधिको रुपमा खटाइएको छ ।
यसअघि बैतडी जिल्लाका ८४ओटै वडाहरुमा सर्व सम्मत वडा कमिटिहरु चयन गरेको एमालेले आज पालिका कमिटि पनि सर्व सम्मतिमै चयन हुने सम्भावना रहेको नेताहरुले बताएकाछन् ।
बैतडीका कुनैपनि पालिकाहरुमा विवाद नरहेकाले सर्वसम्मत नेतृत्व चयन हुने सम्भावन रहेको पार्टी जिल्ला सचिव भट्टले बताए । पार्टीका सबै पालिका स्तरीय नेता कार्यकर्ताहरुले उचित प्रकारको जिम्मेवारी पाउनेमा आफु विश्वस्त रहेको उनले बताए ।