दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ बन्तोलीमा नेपाली कांग्रेशले शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा नेकपा एमाले परित्याग गरि २८ जनाले कांग्रेस प्रवेश गरेको तरुणदलका नेता विनोद धामीले बताए । सोमबार नेपाली काँग्रेस शैल्यशिखर नगरपालिका वडा नम्बर ७ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा स्थानीय तहको चुनावमा एमालेको तर्फबाट वडा सदस्यका उम्मेदवार बनेका चन्द्रसिह धामीसहित वडा नम्बर ७ र ८ का २८ जनाले कांग्रेसमा प्रवेश गरेको उनले बताए ।
नेपाली काँग्रेस वडा नम्बर ७ का सभापति कमलापती जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाका उप सभापति एवं शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमरसिँह धामी प्रमुख अतिथी रहेका थिए ।