बैतडी –नेकपा एमालेले बैतडीका १० ओटै स्थानीय तहमा सोमबार अधिवेशन सम्पन्न भएको जनाएको छ । जिल्लाका १० ओटै स्थानीय तहमा सम्पन्न भएको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको एमाले जिल्ला सचिव लिलाधर भट्टले जानकारी दिए ।
बैतडीको पाटन नगरपालिकामा ललितसिंह ठगुन्नाको अध्यक्षतामा ७५ सदस्यीय नगरकमिटि र डम्मर पन्तको संयोजकत्वमा नगर सल्लाहकार समिति गठन भएको एमालेका जिल्ला कमिटि सदस्य लोकबहादुर भण्डारीले जानकारी दिए ।
यस्तै मेलौलीमा राजबहादुर चन्दको अध्यक्षतमा सर्वसम्मत नगरकमिटि चयन भएको सचिव भट्टले जानकारी दिए । यस्तै दोगडाकेदार गाउँपालिकामा काशीसिंह बिष्टको अध्यक्षतामा गाउँपालिका कमिटि चयन गरिएको छ भने दशरथचन्द नगरपालिकामा अजबहादुर पाण्डेको अध्यक्षतामा नगरकमिटि सर्वसम्मत चयन गरिएको एमालेका कार्यालय सचिव सरस्वती नेपालीले बताइन् ।
यस्तै डिलाशैनी गाउँपालिकामा रघुबीर बोहराको अध्यक्षतामा ७१ सदस्यीय गाउँपालिका कमिटि चयन गरिएको छ । यस्तै पञ्चेश्वर गाउँपालिकामा प्रकाश चन्द, शिवनाथ गाउँपालिकामा महेन्द्र चन्द र सुर्नया गाउँपालिकामा राजेन्द्र भट्टको अध्यक्षतमा गाउँपालिका कमिटि गठन गरिएको सचिव भट्टले जानकारी दिए ।
सिगास गाउँपालिकामा गोपाल धामी र पुर्चौंडी नगरपालिकामा कर्णबहादुर धामी (किशोर)को अध्यक्षतामा कमिटि गठन गरिएको उनले बताए । दशओटै स्थानीय तहमा सबै पदहरुमा सर्वसम्मत पदाधिकारी चयन भएका सचिव भट्टले बताए ।