बैतडी –नेपाली कांग्रेस सुर्नया गाउँपालिका कार्यसमिति बैतडीको बैठकले बाढी तथा पहिरो पीडितको सहयोगका लागि पहल गर्ने निर्णय गरेको छ ।
पालिका अधिवेशनबाट नयाँ नेतृत्व आएपछि पहिलो पटक बसेको बैठकले पालिकाभरीका बाढी तथा पहिरो पीडितहरुलाई सहयोग गर्न स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले आग्रह गर्ने निर्णय भएको सभापति प्रतापसिंह महराले बताए ।
सुर्नया गाउँपालिका वडा नं ५ को डुङरीमा बसेको बैठकले पीडित नागरिकहरुलाई सहयोगका लागि पार्टीका तर्फबाट पहल गर्ने निर्णय समेत भएको उनले बताए ।
कार्तिक पहिलो साता परेको अविरल बर्षाले गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्याएकाले सबै सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको सभापति महराले बताए ।
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८ १९:५२
प्रतिक्रिया दिनुहोस्