Sagun Khabar
अज्ञात रोगले धमाधम पशुहरु मर्न थालेपछि बैतडीका किसानहरु चिन्तित

 बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ का विभिन्न स्थानमा अज्ञात रोगका कारण पशुचौपाया मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । वडा नं १ कलौन, लुइटा, झोकाली लगायतका क्षेत्रमा पशुहरु मर्न थालेका स्थानीय शिक्षक अम्बादत्त बडुले बताए । 

घरपालुवा पशुहरुमा मुखबाट र्याल काढ्ने,गिजामुख सुन्निने, मुख भित्र फोकाहरु आउने, खुरहरु पाक्ने लगायतका लक्षण देखा परेका बडुले बताए । यस्तो लक्षण देखिएको ४–५ दिनमा स–साना बाच्छाबाच्छी, पाडापाडी र पाठापाठीहरु मर्ने गरेका छन् । वयस्क पशुहरुमा लक्षण देखिएपनि त्यति क्षति नभएको बताइएको छ । 

Atrya hospital

पशुहरुमा यस्तो समस्या देखिएपछि एकपटक प्राविधिक पठाइएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले बताए । उनले भने ‘लक्षणका आधारमा यही रोग हो भन्न सकिदैन् । कमजोर पशुहरु विभिन्न रोगबाट संक्रमित भई मरेका हुन सक्छन् । हामीले प्रभावित क्षेत्रमा केही औषधि पठाएका छौं ।’

कार्यालयमा प्राविधिक नहुँदा नियमित रुपमा खटाउन नपाएको पन्तले बताए । तर किसानहरुले भने पशुहरु देखिएको रोग फैलिँदै गएको बताएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  ११:३५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update