बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ५ हरिचनमा विद्युत विस्तार गरिएको छ । मंगलबार २५ केभीको ट्रान्सफर्मर चार्ज गरेर विद्युत विस्तार गरिएको नेपाल विद्युत प्राधिकरण पाटन युनिटका प्रमुख पुष्पराज भट्टले जानकारी दिए ।
हरिचनमा केही बर्ष पहिला विद्युतका पोलहरु गाडेर पनि लाइन विस्तार हुन सकेको थिएन् । सुर्नया गाउँपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त पहलमा विद्युत विस्तार भएको भट्टले बताए ।
विद्युत विस्तार भएसंगै हरिचनका ८० घरधुरी लाभान्वित हुने बताइएको छ । सुर्नया गाउँपालिकाले विद्युत विस्तार नभएका ठाउँमा विद्युत विस्तार गर्ने नीति लिए अनुरुप विद्युत विस्तार भईरहेको गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले बताए ।
तिहारपछि सुर्नया गाउँपालिकाको वडा नं ७ मा पनि विद्युत विस्तारको योजना रहेको भट्टले बताए ।