Sagun Khabar
गृहमन्त्री खाँड भोली बैतडी आउँदै

बैतडी-नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बाल कृष्ण खाँड भोली बैतडीको ढुंगाड आउने भएका छन् । 

गृहमन्त्री खाँड बर्षाका कारण प्रभावित भएको सिगास गाउँपालिका -५को ढुंगाड आउने कार्यक्रम रहेको उनका स्वकीय सचिव नरेन्द्र केसीले बताए । 

Atrya hospital

मन्त्री खाँडको टोली बैतडी सहित बझांग, डोटी लगायतका जिल्लाको प्रभावित क्षेत्रमा भ्रमण गर्ने कार्यक्रम रहेको तरुण दल बैतडीका अध्यक्ष घनस्याम भट्टले बताए । उनले भने, "प्रधानमन्त्रि ज्यु ढुंगाड पुगेर फर्किनु भएको थियो । सरकार अहिले पिडितका लागि केहि कार्यक्रम तय गर्ने क्रममा रहेको बुझिएको छ । प्रधानमन्त्रीको भ्रमणपछि त्यहाँको कहालीलाग्दो अवस्थाका बिषयमा बिभिन्न आमसञ्चार माध्यममा निरन्तर समाचारहरु आइरहँदा र हाम्रो वास्तविक रिपोटिङको आधारमा गृहमन्त्री ज्युले प्रभावित क्षेत्रमा आउन खोज्नु भएको हो । उहाँले पीडित व्यक्तिहरु संग भेटघाट गरी तत्कालिन र दृर्घकालिन योजना बनाउनु हुनेछ भन्ने विश्वास लिएका छौँ ।"

यसैगरि पुर्व संचारमन्त्रि तथा कांग्रेसको राहत वितरण समितिका संयोजक मोहन बहादुर बस्नेत तिहारको भोली पल्ट बाढी पहिरोका कारण ज्यान गुमाएका परिवारलाई राहत बितरण गर्न आउने तरुण दल अध्यक्ष भट्टले बताए । आफुहरुले पार्टीको केन्द्रीय कार्यसमितिलाई घटनाको सत्यतथ्य जानकारी गराएकाले नेताहरु बैतडी आउन लागेको उनले बताए । 

बैतडीको ढुंगाडमा भोली दिउसो १२ बजे कार्यक्रम राखिएको नेपाली काग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले बताए ।बाढी पहिरोबाट प्रभावित भएका ठाउँका बासीन्दाहरु संग भेट गरी मन्त्री खाँडले भोली नै काठ्माण्डौँ फर्कने कार्यक्रम रहेको छ ।  
राहत व्यवस्थापन समितिको संयोजक मोहन बहादुर बस्त पुर्व सञ्चारमन्त्री सिगास र शिवनाथमा राहत वितरण गर्न जाने 

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update