बैतडी –नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बाल कृष्ण खाँड आज बैतडीको ढुंगाड आउने भएका छन् । गृहमन्त्री खाँड बर्षाका कारण प्रभावित भएको सिगास गाउँपालिका –५को ढुंगाड आउने कार्यक्रम रहेको उनका स्वकीय सचिव नरेन्द्र केसीले बताए ।
मन्त्री खाँडको टोली बैतडी सहित बझांग, डोटी लगायतका जिल्लाको प्रभावित क्षेत्रमा भ्रमण गर्ने कार्यक्रम रहेको तरुण दल बैतडीका अध्यक्ष घनस्याम भट्टले बताए । गृहमन्त्रीको टोलीले प्रभावित समुदायका नागरिकसंग छलफल गर्ने कार्यक्रम रहेको उनले बताए ।
यसैगरि पूर्व सञ्चारमन्त्री तथा तथा कांग्रेसको राहत वितरण समितिका संयोजक मोहन बहादुर बस्नेत तिहारको भोली पल्ट बाढी पहिरोका कारण ज्यान गुमाएका परिवारलाई राहत बितरण गर्न बैतडी आउने तरुण दल अध्यक्ष भट्टले बताए । आफुहरुले पार्टीको केन्द्रीय कार्यसमितिलाई घटनाको सत्यतथ्य जानकारी गराएकाले नेताहरु बैतडी आउन लागेको उनले बताए ।
बैतडीको ढुंगाडमा आज दिउँसो १२ बजे कार्यक्रम राखिएको नेपाली काग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले बताए । बाढी पहिरोबाट प्रभावित भएका ठाउँका बासिन्दाहरुसीन्दाहरु संग भेट गरी मन्त्री खाँड आज नै काठ्माण्डौँ फर्कने कार्यक्रम रहेको छ ।