Sagun Khabar
रिलायबल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गर्यो 
Atrya hospital

बैतडी–रिलायबल नेपाल लाइफ इन्स्योेरेन्स लिमिटेडले आफ्ना एकजना बिमितको मृत्यु भएपछि उनका आश्रित परिवारलाई बिमा रकम भुक्तानी गरेको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका १ का चक्रसिंह घटालले सो कम्पनीमा बिमा गरेको र उनको रोजगारीको सिलसिलामा मृत्यु भएपछि उनका आश्रित परिवारलाई बिमा रकम भुक्तानी गरिएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका धनगढी शाखा प्रमुख चन्द्र बिष्टले बताए । 

घटालकी श्रीमति जगावती घटाललाई बुधबार ५ लाख १० हजार बराबरको चेक हस्तान्तरण गरिएको उनले बताए । उनलाई पाटन नगरपालिकाका सदस्य करनसिंह कठायत र रिलायबल लाइफ इन्स्योरेन्सका कर्मचारी जयप्रकाश अवस्थीले चेक हस्तान्तरण गरेका हुन् । 

२०७७ चैत ३१ मा बीमा गरेका घटालको गएको साउन १२ गते मृत्यु भएको थियो । उनको मृत्यु भएपछि आश्रित परिवारलाई बिमा बाफतको रकम हस्तान्तरण गरिएको बिष्टले बताए । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update