Sagun Khabar
बाढी पहिरोले पुर्याएको क्षतिको विवरण संकलन गर्दै सुर्नया गाउँपालिका 

बैतडी–कार्तिक पहिलो साता परेको बेमौसमी बर्षाले पुर्याएको क्षतिबारे सुर्नया गाउँपालिकाले स्थलगत रुपमा विवरण संकलन गर्न थालेको छ । बर्षाले गाउँपालिकाका विभिन्न स्थानमा बस्तीहरु जोखिममा परेका, स्थानीयका घरहरु भत्किएका, खेतहरु बगाएका खबर आएपछि स्थलगत रुपमै विवरण संकलनको काम भईरहेको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले बताए । 

रौलेश्वर प्रहरीचौकीमा अहिले सम्म ११५ घरमा क्षति पुगको विवरण आईसकेको र कतिपय अझै प्रहरीको सम्पर्कमा नपुगेकाले स्थलगत रुपमै अनुगमन गर्न थालिएको अध्यक्ष बिष्टले बताए । उनले भने ‘बेमौसमी बर्षाले नसोचेको क्षति गरेको छ । यसबाट प्रभावित समुदायका लागि के गर्न सकिन्छ भनेर हामीले स्थलगत रुपमै अनुगमन गर्न थालेका हौं ।’

Atrya hospital

अहिले सम्म गाउँपालिकाको वडा नं ३,४,५, ६, ७ र ८ मा प्रहरीको टोली सहित स्थलगत अनुगमन गरिएको अध्यक्ष बिष्टले बताए । अनुगमनका क्रममा देखिएका समस्याहरुलाई अब कार्यपालिकाको बैठकमा राखेर पालिकाले गर्न सकिने सहयोग गरिने उनले बताए । उनले भने ‘हामीले क्षतिको विवरण संकलन पछि हाम्रो तहबाट हुने सहयोग हामी गर्छौं । थप सहयोगका लागि प्रदेश र संघीय सरकारलाई आग्रह पनि गर्नेछौं ।’

गाउँपालिकाको वडा नं १ र २ मा तिहारपछि स्थलगत अनुगमन गरिने अध्यक्ष बिष्टले बताए । कार्तिक पहिलो साता परेको अविरल बर्षाले गाउँपालिकाको वडा नं ७ र ८ मा अन्य ठाउँको भन्दा बढी क्षति पुर्याएको पाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update