Sagun Khabar
दार्चुलाका ४५ वडामा सडकको पहुँच पुग्यो 

दार्चुला –दार्चुलाका ६१ वडा मध्ये ४५ वडामा सडकको पहुँच पुगेको छ । यसअघि ४४ वडामा सडक पुगेको भएपनि पछिल्लो समय मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ डाडाकोट समेत सडक सञ्जालमा जोडिएको छ । जिल्लाका १६ ओटा वडा अझै पनि सडकको पहुँचबाट बाहिर रहेका छन् । सडक पुगेका वडाहरुमा समेत नियमित रुपमा सञ्चालन नभएका स्थानीयहरुले गुनासो गरेका छन् । कच्ची सडक भएका कारण बर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने गरेका स्थानीयहरुको गुनासो रही आएको छ । 

दार्चुलाका नौ स्थानीय तह मध्ये तीन स्थानीय तहलाई पक्की सडकमार्गले जोडेको छ । अपिहिमाल गाउँपालिकाबाहेक सबै स्थानीय तहको केन्द्रसम्म सडकको पहुँच पुगेको छ । 

Atrya hospital

हालसम्म छ वटा स्थानीय तहको पहुँचमा पक्की सडक छैन् । महाकाली लोकमार्गले छोएका शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिका बाहेकका स्थानीय तहमा पक्की सडकको पहुँच पुगेको छैन् । 

स्थानीय तहहरुले कच्ची सडक निर्माण गरेका भएपनि ती सडकहरुलाई स्तरोन्नती नगर्दा समस्या हुँदै आएको छ । ट्रयाक खुलेका ठाउँमा बाह्रैमास सडक सञ्चालन हुने अवस्था नरहेको दार्चुलाका स्थानीय गंगासागर जोशीले बताए । पहिलाको तुलनामा सडकको पहुँच बढेको भएपनि स्तरोन्नती नहुँदा समस्या भएको उनको भनाई छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update