Sagun Khabar
बोलन्या थलीको अफिसियल गीत ‘बोल बोल बोलन्या थली’ सार्वजनिक(भिडिओसहित)

धनगढी –बोलन्या थलीको अफिसियल गीत ‘बोल बोल बोलन्या थली’ बजारमा आएको छ । पश्चिम सेती जलविद्युत आयोजना निर्माणको लागि दबाब दिँदै आएको थलीले बोल बोल बोलन्या थली नामको गीत बजारमा ल्याएको हो । जसमा स्वर गायक चक्र बम र स्मृति शाहीको रहेको छ भने गीतको निर्देशन मासुम विष्टले गरेका हुन् । 

मदन पुरस्कार विजेता रामलाल जोशीको शब्द रहेको गीतको सम्पादन सीएस फिल्म प्रा लि धनगढीले गरेको हो ।  सो गीत बोलन्या थलीको युटुव चालनबाट बजारमा ल्याइएको थलीका संयोजक यादव जोशीले बताए ।  गीतको म्युजिक भिडियो  डोटी , डडेल्धुरा, बैतडीमा छायाङ्कन गरिएको हो । पश्चिम सेती निर्माण गर्न सरकारलाई गीतमार्फत दबाब दिन गीत तयार पारिएको संयोजक जोशीले बताए ।

Atrya hospital

थलीले यस अघि पश्चिम सेती निमार्णको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र सङ्गीत सङ्घर्ष कार्यक्रम गरिसकेको छ । यस्तै थलीले सरकारको खोजीको लागि भन्दै डोटीमा दिउँसै टुक्की बालेर प्रदर्शन समेत गरिसकेको छ । 

पश्चिम सेती निर्माणमा ढिलाइ भइरहेको भन्दै सेती पुलमाथि सात सय ५० टुक्की बालेर सरकारको साङ्केतिक विरोध गरिएको थियो । बैतडी  ढुङ्खाडमा सात सय ५० डोका सङ्कलन गरी प्रदर्शन समेत गरिएको थियो । अहिलेको सरकारका प्रधानमन्त्रीलाई सुदूरपश्चिम प्रदेशबाट १ लाख पत्र सङ्कलन गरेर बुझाउने तयारी पनि रहेको संयोजक जोशीले बताए । 


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update