Sagun Khabar
उपसभापति चन्दको चरित्र हत्यामा संलग्नलाई कारवाही हुनुपर्ने बैतडी कांग्रेसको माग 

बैतडी –नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दको सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरिएको भन्दै नेपाली कांग्रेस बैतडीले विज्ञप्ती जारी गरेको छ । नेपाली कांग्रेस बैतडी नामक फेसबुक आइडीबाट उपसभापति चन्दको चरित्र हत्या गर्ने किसिमका पोष्ट भईरहेकाले कारवाहीको माग गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा सामाजिक सञ्जालमा आएका अनर्गल र झुटा प्रचारका पछि नलाग्न आग्रह गरिएको छ । अनधिकृत रुपमा सो कार्यमा संलग्न व्यक्तिको खोजी गरी कारवाहीका लागि सम्बन्धित निकायसंग नेपाली कांग्रेसले प्रक्रिया अघि बढाईसकेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । 

Atrya hospital

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिक आएपछि एक पक्षले अर्को पक्षलाई विभिन्न लाञ्छना र आरोप लगाउन थालेका छन् । उपसभापति चन्दको नेतृत्वमा आगामी महाधिवेशनमा टीम घोषणा भएर प्रचारप्रसार जारी रहेको छ । यस्तै पूर्व सभापति शिवराज भट्टको नेतृत्वमा पनि टीम घोषणा भएर प्रचारप्रसार जारी रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update