Sagun Khabar
बैतडी प्रशासनमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या 

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्यालयले नियमित रुपमा सम्पादन गर्नुपर्ने कामहरुमा ढिलाई हुने गरेको छ । जिल्ला प्रशासन कार्यालयमा २३ जना कर्मचारीको दरबन्दी रहेकोमा १७ जना मात्रै कार्यरत रहेका छन् । 

एक जना सहायक प्रमुख जिल्ला अधिकारी, एकजना प्रशासकीय अधिकृत, २ जना नायब सुब्बा, २ जना खरीदार र एकजना कम्प्युटर अपरेटरको दरबन्दी रिक्त रहेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतको दरबन्दी रिक्त हुँदा सेवा प्रवाहमा समस्या भएको उनले बताए । 

Atrya hospital

जिल्ला प्रशासन कार्यालयले सम्पदान गर्ने काममा माथिल्लो तहका कर्मचारी अभाव हुँदा समस्या भईरहेको भारतीको भनाई छ । अहिले एकजना मात्रै प्रशासकीय अधिकृत कार्यरत रहेका छन् । यसले गर्दा कार्यालयले सम्पादन गर्नुपर्ने काममा केही बाधा पुगेको बताइएको छ । 

प्रमुख जिल्ला अधिकारी समेत पछिल्लो एक महिना यता जिल्ला बाहिर हुँदा समस्या भएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update