सुर्खेतको लेकबेसी नगरपालिका–१ ढापखर्ककी सात वर्षीया बालिकाको हत्या भएको छ ।
लेकबेसी नगरपालिका ढापखर्कका गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषाको हिजो शव भेटिएको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठकाअनुसार बालिका अस्ति बिहान १० बजे सामान किन्न भनेर घर नजिकैको पसलमा गएकी थिइन् । तर घर नफर्केपछि परिवारले हिजो इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो।
#उज्यालो #
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८ ११:१८
प्रतिक्रिया दिनुहोस्