बैतडी–बैतडीको दशरथचन्द नगरपालिका वडा न.९ र ११ मा नेपाली कांग्रेसको वडा कार्यालय स्थापना गरिएको छ । वडा न.९को ग्वाल्लेक र ११ को नार्गाजुनमा पार्टी कार्यालय स्थापना गरिएको पार्टीका नगर सभापति भुवनराज भट्टले बताए । पार्टीको नगर कार्यसमितिको पहलमा कार्यालय स्थापना गरिएको उनले बताए ।
पार्टी कार्यालय उद्घाटन समारोहमा कांग्रेस नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा उपस्थीत विभिन्न पार्टी परित्याग गरेका ५० बढी व्यक्तिहरुलाई नेपाली कांग्रेसमा प्रवेश गराइएको प्रेश युनियन बैतडीका कोषाध्यक्ष धनबहादुर क्षेत्रीले बताए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८ १०:५३
प्रतिक्रिया दिनुहोस्