बैतडी–बैतडीको पाटन पञ्चेश्वर सडक खण्डमा कामगर्ने लेन्थ वर्करहरुले तलव र नियुक्तिको माग गर्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएकाछन् । २ बर्ष सम्मको पारिश्रमिक नपाएका उनिहरुले आज पुर्वाधार बिकास कार्यालय बैतडीमा सामुहिक निवेदन दिएकाछन् ।
आफुहरुले तलव र नियुक्तिको माग गर्दै पटक–पटक संघर्षका कार्यक्रम गरेपनि माग पुरा नभएको लेन्थवर्कर लक्ष्मी दमाइले बताइन् । सडकमा दैनिक कामगर्ने आफुहरुलाई पारिश्रमिक नपाउँदा दैनिक हातमुख जोड्न समस्या भएको उनले बताइन् । लेन्थ वर्करहरु २३ महिना काम गरेको तलव नपाएपछि गत असार महिनामा २३दिन सम्म पाटनमा अनसन बसेका थिए ।
अनसन पछि जिल्ला स्थीत सरोकारवाला व्यक्तिहरुको बैठकले उनिहरुको पारिश्रमिकका लागि पहल गर्ने सहमती समेत गरेका थिए । तलवका लागी पहल गर्ने सहमती गरेको ४ महिना बितेपनि अहिले सम्म मागका बिषयमा कुनै सुनुवाई हुन सकेको छैन् । आफुहरुको पारिश्रमिकका बिषयमा अझै सुनुवाई नभए कडा आन्दोलनमा जाने लेन्थवर्कर जयराम भुलले बताए । अबको १ हप्ता भित्र मागका बिषयमा सुनुवाई नभई यातायात बन्द गरी आन्दोलनमा उत्रिले उनले बताए ।
लेन्थवर्करहरुले यातायात ठप्प पारि आफ्ना मागमा एक्यवद्धता जनाइदिन महाकाली यातायात व्यवसायी समितिलाई अनुरोध पत्र समेत बुझाएकाछन् ।