Sagun Khabar
सनसेरीमाण्डौँ मन्दीरमा आज भव्य जात्रा

बैतडी-बैतडीको सुर्नया गाउँपालिका ४ स्थीत सनसेरीमाण्डौँ मन्दीरमा आज भव्य जात्रा लागेको छ । दिउँसो बिभिन्न ठाउँबाट जात्रा आउने र साँझपख भव्य जात्रा लाग्ने मन्दीरका पुजारी बिष्णुदत्त भट्टले बताए ।

साँझ दर्शनार्थीहरुको उपस्थीति बढी हुने सनसेरीमाण्डौँको जात्रा भोली बिहान सम्म लाग्ने छ । आज राति ८–९ बजेतिर मन्दीरमा पुजा लाग्ने स्थानियबासी गणेश बहादुर महराले बताए । आज दिउँसो मन्दीरमा देउरो ल्याउने चलन रहेको उनले बताए ।

Atrya hospital

सन्शेरीमाण्डौँको जात्रामा सुर्नया गाउँपालिका सहित जिल्लाभरीबाट दर्शनार्थीहरु आउने र बसाई सरेका ब्यक्तिहरु समेत जात्राका लागी घर फर्किने महराले बताए । भोली रौलाकेदार धाममा भव्य जात्रा लाग्ने उनले बताए ।

रौलाकेदार धामको जात्रामा उपस्थीत भई दर्शन गरेमा मनोकामना पुर्ण हुने जनविश्वास रहेको छ । यस धाममा हरेक तेश्रो बर्ष जात्रा लाग्ने गर्दछ । उक्त जात्रामा सिमावर्ति भारतबाट समेत भक्तजनहरु आउने गरेकाछन् ।

बिभिन्न ठाउँबाट बाजागाजा सहित भक्तजनहरु जात्रा लगेर रौलाकेदार धाममा जाने गर्दछन् । भक्तजनहरु रातिको समयमा धाममै बास बसि भोलीपल्ट स्नान गरेर घर फर्कने गरेको त्यहाँबाट हाम्रा सहकर्मी सुरेश महराले बताए । 

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update