Sagun Khabar
बैतडीका १७जना एमाले नेता प्रदेश कमिटी सदस्य चयन

बैतडी-बैतडीका १७ जना एमाले नेताहरु पार्टीको प्रदेश कमिटिमा अटाएकाछन् । हिजोे धनगढीमा आयोजीत प्रदेश कमिटीको बैठकले उनिहरुलाई प्रदेश कमिटी सदस्यमा चयन गरेको हो ।

प्रदेश कमिटि सदस्य नियुक्त हुने ब्यक्तिहरुमा चक्र कार्की, गोरख बहादुर चन्द, जंगदेव भट्ट, हर्क बहादुर चन्द, सरस्वति नेपाली, पुर्ण देव भट्ट, कर्ण बहादुर कुवर, पदम कुवर रहेका छन् ।

Atrya hospital

यसैगरी रमिल बम, जगी साउद, धाना पहरी, धर्मानन्द भट्ट, दुरा भट्टराई, भरत मडै, उकेन्द्र बोहरा, जसबीर बोहरा र मोहन बिष्ट रहेकाछन् ।

उनिहरु मध्येका अधिकांश ब्यक्तिहरु यसअघि एमाले जिल्ला कमिटि सचिवालय सदस्य रहेका थिए । यतिबेला एमालेले जिल्ला देखी माथिल्ला कमिटिहरुको अधिवेशन नजिकिदैँ गरेका बेला पार्टीका कार्यक्रमहरु लाई तिब्रता दिएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update