Sagun Khabar
गोकुलेश्वरमा चोरीका घटना बढे

बैतडी-बैतडीको डिलाशैनी गाउँपालिका वडा न. ५ र ६ का बिभिन्न ठाउँमा चोरीका घटना बढेकाछन् । गत महिना केहि व्यापारीको पसलबाट उपभोग्यका सामानहरु चोरी भएकोमा हिजो राती पुनः बिभिन्न पसलहरुमा चोरी भएको छ । 

रातीको समयमा व्यापारीहरु पसल बन्द गरेर घर गएको अवस्थामा पसलबाट सामानहरु चोरी भएको स्थानिय सुरेश श्रेष्ठले बताए ।
बुधबार राती डिलाशैनी–६ का धन बहादुर थलाल र डिलाशैनी–५ का उत्तर बहादुर बोहराको पसलबाट ५० हजार रकम बराबरको खुद्रा सामग्री र रिचार्ज कार्ड चोरीएका छन् । 

Atrya hospital

यसैगरी डिलाशैनी ६ का खेमराज नाथको कुखुरा फार्म बाट ४० कुखुरा चोरी भएको गोकुलेश्वर प्रहरी चौकीका हवल्दार बिरसिंह डांगाले बताए । उनले भने‘यस क्षेत्रका व्यापारीहरुले यसअघि समेत चोरी हुने गरेको बताएकाछन् । चोरीमा संलग्न को व्यक्ति हो भन्ने बुझिएको छैन् । अनुसन्धान गरिरहेका छौँ ।’

प्रहरीको लापरवाहीका कारण समेत चोरीका घटना भएको स्थानिय व्यापारीहरुको आरोप छ । विगतमा चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेर कारवाही गरेको भए घटनाहरु नदोहोरिने आस गरेकोमा पटक–पटक चोरी हुदाँ समेत कसैलाई कारवाही नभएकाले यस्ता घटना दोहोरिएको हुनसक्ने व्यापारीले बताएकाछन् । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update