Sagun Khabar
दिपायलका एसएसपी विरुद्धको उजुरी बारे अनुसन्धान गर्न आनाकानी

बैतडी–सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तरगतको प्रहरी तालिम केन्द्र दिपायलका प्रमुख विरुद्धको उजुरी बारे छानबिन गर्न आनकानी भएको छ ।

तालिम केन्द्र दिपायलका प्रमुख एसएसपी अर्जुन चन्द ठकुरी विरुद्ध परेको आर्थिक अनियमितताको उजुरीका बिषयमा छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले आनकानी गरेको श्रोतले जनाएको छ । 

Atrya hospital

एसएसपी ठकुरी विरुद्ध परेको उजुरीका बिषयमा अनुसन्धान गर्न प्रहरी हेडक्वाटरले आदेश दिएको १५ दिन बढी भइसक्दा पनी कुनै छानबिन नभएको बताइएको छ ।

अनियमितताका बिषयमा तुरुन्तै सत्यतथ्य छानबिन गरी कारवाहि गर्न आदेश आएपनी कुनै सुनुवाई नभएकाले सेटिङमा मुद्धा सल्टाउने काम भएको हुनसक्ने श्रोतको दाबी रहेको छ । प्रदेश प्रहरी कार्यालय संगको मिलोमतोमा मुद्धाको छानबिन नभएको श्रोतको जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १८:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update