Sagun Khabar
महाकालीका घाटहरु व्यवस्थित गर्नुपर्ने तल्लोसोराडवासीको माग 

बैतडी –महाकाली नदीका घाटहरु व्यवस्थित गर्नुपर्ने बैतडीको तल्लोसोराडका बासिन्दाहरुले माग गरेका छन् । भारतसंग सीमा जोडिएका तल्लोसोराड क्षेत्रमा महाकाली नदीमा पुल नहुँदा डुंगाकै साहरामा आवतजावत गर्नुपरीरहेकाले घाटहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्न स्थानीयहरुले माग गरेका हुन् ।

महाकाली नदीका घाटहरु व्यवस्थित नभएकाले स्थानीयहरुले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आएको स्थानीय बल्देवसिंह चाडले बताए । आफूहरुले गाउँपालिकालाई घाट व्यवस्थापनका लागि पटक आग्रह गरेको भएपनि कुनै सुनुवाई नभएको उनले बताए । उनले भने ‘हामीले महाकालीका घाटहरु व्यवस्थित गर्न पटक पटक आग्रह गरेका छौं । तर गाउँपालिकबाट कुनै सुनुवाई भएको छैन् ।’

Atrya hospital

घाट व्यवस्थापन नभएकै कारण केही दिन अघि मात्रै महाकाली डुंगा पल्टेर दुईजना बालबालिकाको ज्यान गएको चाडले बताए । उनले भने ‘घाट व्यवस्थित भएको भए दुर्घटना हुने थिएन् । कम्तीमा घाटहरुमा लाइफ ज्याकेटको व्यवस्था गरिदिए यस्तो समस्या आउने थिएन् ।’

तल्लोसोराडमा महाकाली नदी तर्न आधा दर्जन घाट भएपनि तिनीहरुको व्यवस्थापन नहुँदा समस्या भएको स्थानीय बालीसिंह चाडले जानकारी दिए । उनले भने ‘घाटहरु व्यवस्थित रुपमा सञ्चालन नगर्दा समस्या भएको छ । यसको बिषयमा स्थानीय सरकार गम्भीर बन्नुपर्छ ।’

स्थानीयहरुले औषधिमूलो देखि लिएर दैनिक उपभोग्य सामग्रीका लागि भारत नजिक भएकाले डुंगा मार्फत आवतजावत गर्ने गरेका छन् । घाटहरु व्यवस्थापनमा स्थानीय सरकारहरुको ध्यान नजाँदा बेलाबेलामा दुखद घटना हुने गरेका छन् । डुंगा सञ्चालन गर्दा चालकहरु र यात्रुहरुलाई लाइफ ज्याकेटको व्यवस्था हुनुपर्ने लगायतका मागहरु आफूहरुले राखेको स्थानीय बल्देव चाडले बताए । 

स्थानीय सरकारहरुले घाट बन्द गरेको भनेपनि अहिले घाटबाट आवतजावत भईरहेको छ । घाट सञ्चालनका बिषयमा स्थानीय सरोकारवालाहरुसंग छलफल गरेर अघि बढ्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । उनले भने ‘घाट सञ्चालनका बिषयमा सरोकारवालाहरुसंग बसेर छलफल गर्छौं ।’ 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  १२:५७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update