बैतडी–पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता हुनुपर्ने माग गर्दै अनेरास्ववियु बैतडीले जिल्ला प्रशासन कार्यालय मार्फत शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । देशव्यापी कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएको अनेरास्ववियु बैतडीका सहसंयोजक नरेन्द्र साउँदले बताए ।
ज्ञापन पत्रसंगै निमित्त प्रमुख जिल्ला अधिकारीलाई १ लिटर पेट्रोल समेत बुझाइएको छ । विरोध स्वरुप ज्ञापनपत्रसंगै पेट्रोल समेत बुझाएको साउँदले बताए ।
अनेरास्ववियुका केन्द्रिय सचिव दिनेश भट्ट, बैतडी इन्चार्ज जयन्त कुँवर लगायतका अनेरास्ववियुका विद्यार्थीहरुले प्रशासनमै पुगेर ज्ञापन पत्र बुझाएका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता नगरेको कडा संघर्ष गर्ने अनेरास्ववियुले चेतावनी समेत दिएको छ ।