Sagun Khabar
पाटनको साँजमा विद्युत अवरुद्ध, स्थानीय अन्धकार बस्न बाध्य 
Atrya hospital

बैतडी –बैतडीको पाटन नगरपालिका २ साँजमा विद्युत अवरुद्ध भएको २० दिन बढी भईसक्दा समेत विद्युत सुचारु नभएको स्थानीयहरुले गुनासो गरेका छन् । कार्तिक पहिलो साता परेको अविरल बर्षासंगै अवरुद्ध भएको विद्युत सेवा अझै सुचारु नभएको स्थानीय दिनेश पन्तले जानकारी दिए । 

विद्युतका तार र पोलमा रुख ढलेका कारण विद्युत सेवा अवरुद्ध भएको र यो बिषयमा विद्युत प्राधिकरणलाई जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको स्थानीयहरुको गुनासो छ । 

विद्यालय नजिकै विद्युतका तार अलपत्र जमीनमा खसेकाले दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । यता नेपाल विद्युत प्राधिकरण पाटन युनिटले भने भोली नै सो क्षेत्रमा विद्युत सेवा सुचारु हुने दाबी गरेको छ । तार भुँईमा भएको ठाउँको लाइन काटिएकाले दुर्घटनाको जोखिम भने नभएको नेपाल विद्युत प्राधिकरण पाटनका प्रमुख पुष्पराज भट्टले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  १७:२०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update