बैतडी–नेकपा (एकिकृत समाजवादी) पार्टी बैतडीको संगठन बिस्तार अभियान जारी रहेको छ । बिभिन्न वडाहरुको अधिवेशन सम्पन्न गरिरहेको नेकपा(एस)ले जिल्लाको मेलौली नगरपालिका वडा न. २मा वडा कमिटि गठन गरेको छ ।
मन्धीर चन्दको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा जयन्ती बडु र ज्ञानी राम लुहार चयन भएकाछन् ।
कमिटिको सचीवमा मनिस वड चयन भएकाछन् भने, उपसचिवमा चन्द्रा वड र चन्द्रा भट्ट लाई चयन गरिएको पार्टीका प्रदेश कमिटि सदस्य सेर बहादुर चन्दले बताए ।
सुक्रबार भएको वडा अधिवेशनमा नेकपा (एस) का प्रदेश कमिटी सदस्य लक्ष्मण भट्टको पनि सहभागीता थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८ १०:१९
प्रतिक्रिया दिनुहोस्