Sagun Khabar
बैतडीको प्रसिद्ध भूमीराज मन्दिरमा जात्रा 
Atrya hospital

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ स्थित प्रसिद्ध भूमीराज मन्दिरमा जात्रा लागेको छ । हरेक बर्ष कार्तिक शुक्ल नवमीका दिन सो मन्दिरमा जात्रा लाग्ने गरेको मन्दिरका पूजारी विनोदप्रसाद अवस्थीले बताए । 

असोजको नवरात्रको समयमा जात्रा नभएमा कार्तिक शुक्ल पक्षमा जात्रा हुने गरेको पूजारी अवस्थीले बताए । भूमीराज मन्दिरमा बोकाको बलिसहित जात्रा हुने गरेको छ । भूमीराजको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 

गोफाकेदार, गलिनाथ लगायतका मन्दिरमा जात्रा भएपछि भूमीराज मन्दिरमा जात्रा लाग्ने गरेको छ । भूमीराज मन्दिरमा लागेको जात्रामा दर्शन गर्न विभिन्न ठाउँबाट दर्शनार्थी पुगेका बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १४:५८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update