बैतडी- बैतडीको पाटन नगरपालिकाका नेकपा माओबादी केन्द्रका नगर कमिटि अध्यक्ष तर्क ठगुन्नाले पदबाट राजिनामा दिएका छन् ।
माओवादी पार्टी निति, बिधि र प्रणाली अनुसार चल्न नसकेको भन्दै आफुले पार्टीमा समाल्दै आएका सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिएको जनाएकाछन् ।
शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् । पार्टी नेतृत्वबाट उचित मुल्याङ्कन नभएको उनको विज्ञप्तिमा उल्लेख छ ।
ठगुन्नाको विज्ञप्तिलाई यतिबेला नेकपा एमालेका नेताहरुले सामाजिक सञ्जालमा पोष्ट गर्दै ठगुन्ना एमालेमा आउने बताइरहेकाछन् ।
यसैगरी माओवादी केन्द्रको जनवर्गीय संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठनका वरिष्ट जिल्ला उपाध्यक्ष देबसिंह ठगुन्नाले पनि पदबाट राजिनामा दिएकाछन् । उनले पनि फेसबुक मार्फत एक विज्ञप्ति जारी गर्दै पदबाट राजिनामा दिएको जनाएकाछन् ।
उनिहरुले फेसबुकबाट विज्ञप्ती जारी गरेपनि पार्टी जिल्ला किमिटिमा भने राजिनामा नदिएको माओवादी केन्द्र बैतडीले जनाएको छ । उनिहरुको राजिनामा पत्र पार्टीलाई नआएको आमोवादी केन्द्रका जिल्ला संयोजक समेत रहेका प्रदेश सभा सांसद पे्रम प्रकास भट्टले बताए ।
उनले भने ‘नगर कमिटि अध्यक्ष ठगुन्ना संग कुरा भएको थियो । उहाँले अब अर्को विज्ञप्ती निकाल्छु भन्नुभएको छ । देवसिंह जी ले एकिकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला अध्यक्ष नबनाएको भन्दै
असन्तुष्टिका कारण राजिनामा लेखेको बुभिएको छ । त्यसै कारणले विज्ञप्ती निकालेको हुनसक्छ ।’