Sagun Khabar
बजार नपाउदा बन्दा खेतमै कुहिन थाल्यो

 बैतडीमा व्यवसायीक तरकारी खेतिमा आवद्ध किसानहरुले बजारभाउ नपाउदा समस्या भएको छ । जिल्लाका अधिकांस ठाउँका किसानहरुले उत्पादन गरेको बन्दागोबि खेतमै कुहिएको छ । कार्तिक महिनाको सुरुवातमा परेको अबिरल बर्षाले खेतमा लगाएको तरकारीमा नोक्सान पु¥याएको हो । बर्षाबाट जोगीएको  तरकारीले समेत बजार भाउ नपाएकाले बन्दागोबी खेतमै कुहिएको सुर्नया ६ का दामोदर अवस्थीले बताउनुभयो ।

 विगतमा मकैबाली लगाउदै आएको खेतमा आधुनिक कृषीगर्ने सोचले बन्दा गोबि लगाएको तर बजार नपाउदा गाई बस्तुलाई खुवाउनु परेको उहाँले बताउनुभयो । तीन महिना सम्म गरेको परिश्रम  र व्यवसायमा गरेको लगानि खेर गएको उँहाले बताउनुभयो । मकै लगाउदा एक बर्ष खान पुग्ने भए पनि यो बर्षको बन्दाले बिचल्लीमा पारेको अवस्थीको भनाई छ । जिल्लाको दशरथचन्द नगरपालिकाका विभिन्न ठाउँहरुमा लगाएको बन्दागोबि कुहिदा किसानहरुलाई समस्या भएको छ ।

Atrya hospital

 आफ्नो बारीमा बेच्न ठिक्क परेको ५० कुन्टल बन्दागोबि कुहिएर नष्ट भएको दशरथचन्द नगरपालिका १ मरतोलाका किसान पुर्णानन्द भट्टले बताउनुभयो । यता कृषी ज्ञान केन्द्र बैतडीले भने किसानकै कमजोरिका कारण तरकारी कुहिएको जनाएको छ । कृषी सम्बन्धि कुनैपनि ज्ञान नलिइ देखासिकिको भरमा मात्रै बन्दा उत्पादन गर्न खोज्दा उचित व्यवस्थापनको कमजोरीले बन्दागोबि कुहिएको कृर्षी अधिकृत गोपाल दत्त भट्टले बताउनु भयो ।

 ठाउँठाउँमा संकलन केन्द्र रहेको र कृर्षकहरुले संकलन केन्द्र सम्म समन्वय  गर्न नसकेको कारण यो अवस्था आएको उहाँको भनाइ छ । बैतडीमा ३१ हजार चार सय पचासी हेक्टर जमिन तरकारि खेति गर्न योग्य भएको र अहिले पच्चिस हजार सात सय हेक्टर जमिनमा तरकारि खेति रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस बर्ष जिल्ला भरि ९३ हेक्टर जमिनमा बन्दा खेति गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १३:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update