Sagun Khabar
नेकपा(एस) मेलौली नगर अध्यक्षमा भिम भट्ट

बैतडी-नेकपा(एकिकृत समाजवादी) पार्टीको मेलौली नगरपालिकामा नगर अधिवेशन सम्पन्न भएको छ । मेलौलीमा भीम भट्टको अध्यक्षतमा ५१ सदस्यीय नगर कमिटि गठन गरिएको पार्टी प्रदेश कमिटि सदस्य सेरबहादुर चन्दले बताए । नगर कमिटिको उपाध्यक्षमा चन्द्रा भट्ट, सचिवमा किसोर भट्ट, उपसचिवमा करन चन्द र नरेन्द्र ओझा चयन भएको उनले बताए । 

नगर अधिबेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथी रहेका पार्टीका केन्द्रीय सदस्य तथा पुर्व प्रदेश मन्त्री माँया भट्ट रहेकी थिइन् । कार्यक्रममा पार्टीका जिल्ला कमिटि अध्यक्ष महादेब भट्ट, प्रदेश कमिटि सदस्य लक्ष्मण भट्ट, सेरबहादुर चन्द, पार्वती भट्ट लगायतका नेताहरुको सहभागीता थियो । 

Atrya hospital

कार्यक्रमको सम्बोधन गर्दै प्रदेशसभा सांसद समेत रहेका नेकपा (एस)का केन्द्रीय सदस्य माँया भट्टले सबैलाई आफ्नो पार्टीमा आवद्ध हुन आग्रह गरिन् । नेकपा(एकिकृत समाजवादी) नयाँ पार्टी नभई पुरानै नेताहरु आवद्ध कम्युनिष्ट पार्टी भएकाले अलमलमा नपर्न आग्रह गरिन् । उनले आफु प्रदेश सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री भएका बेला तल्लोसोराड क्षेत्रमा धार्मीक, सांस्कृतिक, पर्यटकिय क्षेत्रका साथै शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा बिकास गरेकाले फेरी पनि आवस्यकताका बिषयहरु बारे जानकारी गराउन आग्रह गरिन् ।

नेकपा(एस) बैतडीले जिल्लामा संगठन बिस्तारका लागि ३ महिने अभियान चलाएको छ । अहिले वडा र पालिका कमिटिहरु गठन भैरहेको पार्टीका जिल्ला अध्यक्ष महादेव भट्टले बताए । संगठन बिस्तार अन्तरगत सदस्यता वितरण, नँया सदस्यता नविकरण, स्थानिय स्तरका कमिटिहरु गठन देखि जनवर्गिय संगठनका अधिवेशन गरिरहेको उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  ०६:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update