Sagun Khabar
राजिनामाको घोषणा गरेका युवानेता ठगुन्ना पुनः पुरानै जिम्मेवारीमा फर्किए
Atrya hospital

बैतडी- २ दिन अघि नेकपा माओवादी केन्द्र छाडेको घोषणा गरेका बैतडीका एक युवा नेताले राजिनामा फिर्ता लिएकाछन् । माओवादी केन्द्र पाटन नगर कमिटिका अध्यक्ष तर्क ठगुन्नाले आफ्नो फेसबुक मार्फत विज्ञप्ती जारी गर्दै पुरानै जिम्मेवारीमा फर्किएको बताएका हुन् । 

माओवादी पार्टी विधि र पद्धती अनुरुप नचलेको भन्दै जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गरेकोमा पार्टीका नेताहरुसंगको छलफल पछि पुरानै जिम्मेवारीमा फर्किएको विज्ञप्तीमा उल्लेख गरिएको छ । २४ कात्तिकमा पुर्चौडीमा सम्पन्न भएको एकिकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला परिषद विधि र पद्धति अनुसार हुनुपर्ने माग राखेका ठगुन्नाले परिषदको प्रकृयामा असन्तुष्टी व्यक्त गर्दै राजिनामा दिएको बताए । आफ्नो राजिनामा पछि पार्टीका नेताहरुसंग गहन छलफल भएकाले पुरानै जिम्मेवारीमा फर्कने निर्णय लिएको पछिल्लो पटकको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । 

यसका साथै पार्टीभित्रका विकृती बिसङ्गतीहरुको अन्त्य गरि विधि संगत रुपले माओवादी पार्टी अगाडी बढ्ने विश्वास राख्दै जिम्मेवारीमा फर्किएको प्रेस विज्ञप्तीमा जनाइएको छ । नगर अध्यक्ष ठगुन्नाको असन्तुष्टिहरु पार्टीलाई संगठीत र बलियो बनाउने बिषयमै रहेकाले त्यस बिषयमा भएको छलफल पछि पार्टीमै फर्किएको पार्टी प्रदेश कमिटि सदस्य बिक्रम कुवर प्रतिकले बताए । 
यसैगरी एकिकृत शिक्षक संगठनको वरिष्ट जिल्ला उपाध्यक्षबाट राजीनामाको घोषणा गरेका देबसिंह ठगुन्नाले समेत पुरानै जिम्मेवारीमा फर्कने बताएकाछन् । यसअघि दुबैजनाले पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिएको जनाएको थिए । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  ०६:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update