Sagun Khabar
चतुर चन्द प्यानलद्वारा क्षेत्रिय समितिका लागि उमेदवार छनोट
Atrya hospital

बैतडी-नेपाली कांग्रेसको आसन्न अधिवेशनका लागि बैतडीका दुवै टिम प्रचार प्रसारमा जुटेकाछन् । उनिहरु अहिले गाउँघरमा क्षेत्रिय प्रतिनिधि भेटघाट कार्यक्रममा ब्यस्त रहेकाछन् । यसैबिच जिल्ला सभापतिका उमेदवार चतुर बहादुर चन्दको प्यानलले आज बैतडी निर्वाचन क्षेत्र न.(ख)का लागि प्यानल घोषणा गरेको छ । 

मेलौली स्थीत द्धारीका देबि ठकुरानी प्रतिष्ठान सदनमा बसेको बैठकले शिवराज भट्टलाई क्षेत्रिय सभापतिमा अघि सारेको छ । यसैगरी उप सभापतिका लागि मोहन चन्द र नरेश बहादुर चन्दलाई उमेदवार बनाएको छ भने, सचिवका लागि धनबहादुर क्षेत्री(जगदिश) र देव दत्त भट्ट(पदम)लाई अघि सारिएको छ । 

यसैगरि क्षेत्रिय सहसचिवमा महेश बिष्ट र महादेव सिंह धनाडीलाई अघि सारिएको सचिवका उमेदवार धनबहादुर क्षेत्रि(जगदिश)ले बताए । 

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  ०६:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update