बैतडी–एकिकृत नेकपा माओवादी केन्द्रले बैतडीमा संगठन बिस्तार अभियान अगाडी बढाएको छ । संगठन बिस्तार अभियान अन्तरगत जिल्लाको डिलाशैनी गाउँपालिका वडा न.१ मा वडा कमिटि गठन गरिएको छ ।
डिलाशैनी १मा जनक राज भट्टको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन गरिएको पार्टिका गाउँपालिका कमिटि सचीव तिलक मालले बताए ।
आज डिलाशैनी गाउँपालिका वडा न. ६मा वडा अधिवेशन हुन लागेको छ उनले बताए ।
माओवादी केन्द्रले आगामी मसिंर ४गते बैतडीका सबै वडाहरुमा वडा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको पार्टीको जिल्ला सचिवालय सदस्य चन्द्रदेव जोसीले बताए । बैतडीका सबै स्थानियतहहरुमा मसिंर ११ गते भित्र अधिवेशन सम्पन्न गरिने उनले बताए ।
अहिले बैतडी जिल्लामा सबैजसो राजनितिक दलहरुले स्थानिय अधिवेशनलाई तिब्रता दिएकाछन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८ ११:४७
प्रतिक्रिया दिनुहोस्