Sagun Khabar
देउथलाको पुल भत्किदा सुर्नया नदिमा जोखिम मोलेर यात्रा
Atrya hospital

बैतडी-बैतडीको सुर्नया गाउँपालिका वडा न.७ र ८ को बिचमा पर्ने देउथलाको पुल भक्तिएको छ । पुल भक्तिएपछि स्थानियबासी र विद्यार्थीहरुलाई आवतजावत गर्न समस्या भएको छ । अहिले स्थानियबासी खोलामा जोखिम मोलेर यात्रा गर्न बाध्य भएको स्थानिय गगनसिंह साउदले बताए । 

झाडवो, सेला, कठमडा लगायतका गाउँका बासिन्दाहरुले आहोर दोहोर गर्ने मुख्य पुल भक्तिएपछि समस्या भएको उनले बताए । पुल भक्तिएपछि कुनै निकायबाट बनाउन पहल नभएको स्थानियबासीले बताएकाछन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  २०:४९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update