Sagun Khabar
प्रसिद्ध फाल्ङाशैनी  भगवती मन्दिरमा जात्रा शुरु

बैतडीको प्रसिद्ध फाल्ङाशैनी  भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशीको अवसरमा भव्य मेला लाग्ने भएको छ  । हरेक बर्ष फाल्ङाशैनी  भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशीको अवसरमा पूजाआजा सहित जात्रा लाग्ने गर्दछ ।

 फाल्ङाशैनी   भगवती मन्दिरमा शुक्ल चतुर्दशीका दिन रागा तथा बोका बाधिने र कार्तिक पुर्णिमाका दिन बलि हुने  फाल्ङशैनी भगवती मन्दिररका पुजारी बिष्णु दत्त भट्टले बताए । शुक्ल चतुर्दशीका दिन मेला शुरु भई पूर्णिमाको साँझ मेला सकिने सुर्नया ४ का गणेस बहादुर महराले  जानकारी दिए ।

Atrya hospital

मेलामा रौलाकेदारको भराणमा विशेष पुजा अर्थात देउरो जाने गरेको भएपनि यस बर्षको जात्रामा झाक्री नभएको कारण पुजा नलाग्ने मन्दिरका पुजारि भट्टले बताए । सुर्नया गाउँपालीकाको वडा न.५ स्थीत हुने  जात्रा हेर्न बैतडी सदरमुकाम लगायत विभिन्न ठाउँबाट दर्शनार्थीहरु आउने गरेको सुर्नया ४ का गणेस बहादुर महराले बताए ।

 पवित्र मनले प्रसिद्ध फाल्ङाशैनी  भगवतीको  दर्शन गर्नाले पूण्य मिल्ने, मनोकामना पूरा हुने जनविश्वास रही आएको छ । यो जात्रालाई स्थानीय भाषामा भवानी जात भन्ने चलन रही आएको छ । जात्रामा मदिरा निशेध गरिएको छ । पुर्वमा बाटिगो ,पश्चिममा चन्नरै, दक्षिणमा सुर्नया नदि र  उतरमा सुर्काल पौलेक को सिमाना भित्र मदिरा सेवन गरेको पाइएमा बेच्नेलाइ रु ६ हजार र सेवन गर्नेलाइ रु तिन हजारका दरले कार्वाहि हुने रौलेश्वर प्रहरी चौकि इन्चार्ज भुवन चन्दले बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  ०५:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update