जात्राका लागि बैतडीका दुई स्थानिय तहले सार्वजनिक विदा दिएको छ । जिल्लाको मेलौली भगवती मन्दिरमा भव्य जात्रा लाग्ने भएकाले दुई दिन २ र ३ गते मेलौली नगरपालिकाले विदा दिने निर्णय गरेको हो ।
विदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय, वित्तीय संस्था लगायतका कार्यालय बन्द रहने नगरपालिकाका उपप्रमुख राधा ओझाले जानकारी दिए । जात्रा हेर्न सुदूरपश्चिम प्रदेशका बैतडी, दार्चुला, डडेल्धुरा लगायतका जिल्ला र भारत, उत्तराखण्डबाट समेत श्रद्धालु भक्तजनहरु आउने गर्छन् । पवित्र मनले मेलौली भगवती मन्दिरमा दर्शन गर्नाले पूण्य मिल्ने, मनोकामना पूरा हुने लगायतका धार्मिक विश्वास रहि आएका छन् ।
यस्तै दशरथचन्द नगरपालिकाले पनि आज एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाको गढीमा स्थीत प्रसिद्ध जगन्नाथ मन्दिरमा कार्तिक शुक्ल चतुर्दशीका दिन जात्रा लाग्ने भएकाले आज विदा दिइएको नगरपालीकाले जनाएको छ ।