Sagun Khabar
पुर्चौडी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले  कर्मचारीबाट तोकेरै चन्दा असुली गर्दै
Atrya hospital

बैतडीको पुर्चौडी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ले कर्मचारीबाट तोकेरै चन्दा असुली गरेको खुलेको छ । पार्टीले वडा तथा नगर अधिवेशन गर्ने भन्दै तोकेरै चन्दा असुली गर्न पठाएको पत्र सामाजिक सञ्जाल बाट बाहिरिएको छ ।  

 माओवादी केन्द्रका नगर अध्यक्ष आनन्दसिंह धामीले हस्ताक्षर गरेको पत्रमा नगर मावि शिक्षकलाई ३ हजार, निमावि शिक्षकलाई २ हजार ५ सय, प्रावि शिक्षकलाई २ हजार र नगर बालविकास शिक्षकलाई १ हजार ५ सय आर्थिक सहयोग दिन तोकेरै पत्र पठाइएको पत्रमा देख्न सकिन्छ ।  माओवादी केन्द्रले नगर अनमी, जेटीए, ल्याव टेक्निसियन, अमिन, खरिदार र कार्यालय सहयोगीबाट समेत २ हजारका दरले रकम असुलेको सुचना प्रप्त भएको छ ।

  पुर्चौडी नगरपालिकाले ३ सय बढी कर्मचारी करारमा भर्ना गरेको र ती सबैबाट वडा र नगर अधिवेशन गर्ने भन्दै तोकेरै रकम असुलेको आरोप समेत लगाइएको छ । पुर्चौडी नगरपालिकामा माओवादी केन्द्रकै नगर प्रमुख रहेका छन् । पटक पटक विकादमा आइरहने मेयरले  नगरपालिकामा मनलाग्दी करारमा कर्मचारी भर्ना गरेर पार्टीको नाममा हरेक वर्ष चन्दा उठाउने काम गर्ने गरेको आरोप लागेको छ ।  

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  १८:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update