Sagun Khabar
बैतडीको शिवनाथमा हरित पार्क अलपत्र 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिका वडा नं १ मा निर्माणाधिन २४ लाखको हरित पार्क अलपत्र परेको छ । गत आर्थिक बर्षमै सम्पन्न हुनुपर्ने सो पार्क अहिले सम्म निर्माण हुन सकेको छैन् । 

पार्कका लागि निर्माण गरिएको पर्खाल समेत कार्तिक पहिलो साता परेको बेमौसमी बर्षाले भत्किएको छ । पार्क अन्तर्गत सिँढी मात्रै निर्माण भएको छ । संघीय सरकारको वन तथा वातावरण विभाग र गाउँपालिकाको लगानिमा निर्माण हुने भनिएको पार्क अलपत्र परेको स्थानीय बल्देवसिंह चाडले बताए । 

Atrya hospital

हरित पार्क निर्माण कार्य अन्तर्गत अहिले सम्म ११ लाखको काम सम्पन्न भएको भएपनि पर्खाल भत्किएपछि सो कामको समेत रकम भुक्तानी नभएको निर्माण समितिका अध्यक्ष जगदीशराम सुनीले बताए । उनले भने ‘हामीले पार्क निर्माणको काम गरिरहेका छौं । तर पहिला गरेको कामको समेत भुक्तानी भएको छैन् । यसले गर्दा काम अघि बढाउन समस्या भएको छ ।’

पार्क निर्माणका लागि संघीय सरकारले बजेट विनियोजन गरेको र गाउँपालिकाले ४ लाख थप्ने निर्णय भएको भएपनि काम सम्पन्न नहुँदा भुक्तानी नभएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । पार्क निर्माण अन्तर्गत भएको कामको बिषयमा सम्बन्धित निकायमा जानकारी गराईसकेको उनले दाबी गरे । 

हचुवाका भरमा योजनाहरु निर्माण गर्ने परीपाटीका कारण अधिकांश योजनाहरु अलपत्र हुने गरेका छन् । ती योजनाहरुमा समयमा काम नहुँदा भुक्तानी रोकिने गरेको छ भने योजनाहरु पनि अलपत्र पर्ने गरेका छन् ।  
 

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  ११:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update