बैतडी–बैतडीमा नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रको नेतृत्वका लागि मतदान शुरु भएको छ । सहमतिमा नेतृत्व चयन हुन नसकेपछि प्रदेश सभा क्षेत्र (क) र प्रदेश सभा क्षेत्र (ख)मा नेतृत्व चयनका लागि मतदान भईरहेको हो । जिल्लामा शिवराज भट्ट र चतुरबहादुर चन्दको प्यानलले दुवै क्षेत्रमा उम्मेद्वार खडा गरेका छन् । शिवराज भट्टको नेतृत्वको प्यानलले आफ्नो प्यानललाई संस्थापन पक्ष दाबी गर्दै आईरहेको छ । चतुरबहादुर चन्द नेतृत्वको प्यानलले पनि संयुक्त संस्थापन प्यानल दाबी गर्दै आईरहेको छ ।
प्रदेश सभा क्षेत्र (क)का लागि शिवराज भट्ट नेतृत्वको प्यानलबाट सभापतिमा विष्णुदत्त भट्ट, उपसभापतिमा कर्णबहादुर जागरी र हर्कबहादुर बिष्ट, सचिवमा तेजबहादुर साउँद र रिकेशबहादुर बोहरा र सहसचिवमा अम्बादत्त पन्त र दीपकसिंह धामीको उम्मेद्वारी परेको छ ।
यस्तै प्रदेशसभा क्षेत्र (क)का लागि चतुरबहादुर चन्द प्यानलबाट सभापतिमा हिमालयबहादुर बम, उपसभापतिमा नवीनराज अवस्थी र राजेन्द्रप्रसाद अवस्थी, सचिवमा अमरसिंह धामी र भुवनराज भट्ट र सहसचिवमा गणेशसिंह साउँद र रामचन्द्र महराको उम्मेद्वारी परेको छ ।
यस्तै प्रदेश सभा क्षेत्र (ख)का लागि शिवराज भट्ट प्यानलबाट सभापतिमा महेशदत्त भट्ट, उपसभापतिमा देवबहादुर चन्द र राकेशसिंह बिष्ट, सचिवमा प्रेमबहादुर चन्द र कृष्णबहादुर बोहरा र सहसचिवमा रतनसिंह कार्की र रमेशसिंह मेहताको उम्मेद्वारी रहेको छ ।
यस्तै प्रदेश सभा क्षेत्र (ख)का लागि चतुरबहादुर चन्द प्यानलबाट सभापतिमा शिवराज भट्ट, उपसभापतिमा मोहनबहादुर चन्द र नरेशबहादुर चन्द, सचिवमा देवदत्त भट्ट र धनबहादुर क्षेत्री र सहसचिवमा महेशसिंह बिष्ट र महादेवसिंह धनाडीको उम्मेद्वारी रहेको छ ।
प्रदेशसभा क्षेत्र (क)को लागि पाटनमा र प्रदेशसभा क्षेत्र (ख)को लागि गोठलापानीमा मतदान भईरहेको निर्वाचन अधिकृत पुष्पराज भट्टले बताए । प्रदेश क्षेत्रीय अधिवेशनले प्रदेश क्षेत्रीय कार्यसमितिका साथै प्रदेश अधिवेशन प्रतिनिधि चयन गर्ने उनले बताए ।