बैतडी –बैतडीमा नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रको नेतृत्वका लागि दुवै क्षेत्रमा मतदान कार्य सम्पन्न भएको छ । बैतडी प्रदेश सभा क्षेत्र (ख)मा साँझ ५ बजे मतदान कार्य सम्पन्न भएको मतदान अधिकृत घनश्याम लेखकले बताए ।
प्रदेश सभा क्षेत्र (ख)मा ४३ वडाका ७०८ प्रतिनिधि रहेकोमा ६७५ मत खसेको लेखकले बताए । साँझ सात बजेपछि मतगणना शुरु हुने उनले बताए ।
यता प्रदेश सभा क्षेत्र (क)मा पनि मतदान कार्य सम्पन्न भएको सहायक मतदान अधिकृत लक्ष्मण बोहराले जानकारी दिए । प्रदेश सभा क्षेत्र (क) मा ४१ वडाका ६९२ जना प्रतिनिधि रहेकोमा ६४५ मत खसेको उनले बताए । मतगणना कार्य आज राती नै गरिने बोहराले बताए ।
प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८ १८:३२
प्रतिक्रिया दिनुहोस्