बैतडीमा नेपाली कांग्रेसको चौधौं जिल्ला अधिवेशन अन्तर्गत प्रदेश सभा क्षेत्रको नेतृत्वका लागि मत गणना भइरहेको छ । जसमा प्रदेश सभा क्षेत्र क का लागि शिवराज भट्ट नेतृत्वको प्यानलबाट सभापतिमा विष्णुप्रसाद भट्टको पक्षमा ४१ मत खसेको छ भने । चतुरबहादुर चन्द प्यानलबाट सभापतिमा हिमालयबहादुर बमको पक्षमा ६० मत खसेको छ ।
यस्तै प्रदेश सभा क्षेत्र ख अन्तरगत चतुरबहादुर चन्द प्यानलबाट सभापतिमा शिवराज भट्टको पक्षमा ३५ र शिवराज भट्ट प्यानलबाट सभापतिमा महेशदत्त भट्टको पक्षमा ३४ मत खसेको छ । मतगणना अहिले चलिरहेको छ ताजा अपडेट सहित मतपरिणाम हेर्न सगुन खबर हेर्दै गर्नुहोला ।
प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८ २३:०४
प्रतिक्रिया दिनुहोस्