Sagun Khabar
बैतडी : ३ सय मत गणना हुँदा दुवै क्षेत्रमा चन्द प्यानलको अग्रता कायमै 
Atrya hospital

बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा शनिबार प्रदेश क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अहिले मतगणना जारी रहेको छ । तीन सय मतको परिणाम बाहिर आउँदा दुवै क्षेत्रमा चन्द प्यानलको अग्रता रहेको छ । ३ सय मत गणना हुँदा प्रदेशसभा क्षेत्र (क)मा चन्द प्यानलका सभापतिका उम्मेद्वार हिमालय बमको १५३ मत छ भने शिवराज भट्ट प्यानलका सभापतिका उम्मेद्वार विष्णुप्रसाद भट्टको १४१ मत रहेको छ । 

यस्तै प्रदेशसभा क्षेत्र (ख)मा पनि चन्द प्यानलकै उम्मेद्वारहरुले अग्रता कायम गरेका छन् । ३ सय मत गणना भईसक्दा  चन्द प्यानलका तर्फबाट सभापतिका उम्मेद्वार शिवराज भट्टले १४८ र भट्ट प्यानलका महेशदत्त भट्टले १४५ मत ल्याएका छन् । अन्य पदमा पनि चन्द प्यानलकै अग्रता रहेको बताइएको छ । 

दुवै क्षेत्रमा मतगणना जारी रहेको छ । प्रदेशसभा क्षेत्र (क)मा ६४५ मत खसेको थियो भने प्रदेशसभा क्षेत्र (ख)मा ६७५ मत खसेको थियो । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  ००:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update