बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा शनिबार प्रदेश क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अहिले मतगणना जारी रहेको छ । चार सय मतको परिणाम बाहिर आउँदा दुवै क्षेत्रमा चन्द प्यानलको अग्रता रहेको छ । चार सय मत गणना हुँदा प्रदेशसभा क्षेत्र (क)मा चन्द प्यानलका सभापतिका उम्मेद्वार हिमालय बमको १९८ मत छ भने शिवराज भट्ट प्यानलका सभापतिका उम्मेद्वार विष्णुप्रसाद भट्टको १९४ मत रहेको छ ।
यस्तै प्रदेशसभा क्षेत्र (ख)मा पनि चन्द प्यानलकै उम्मेद्वारहरुले अग्रता कायम गरेका छन् । चार सय मत गणना भईसक्दा चन्द प्यानलका तर्फबाट सभापतिका उम्मेद्वार शिवराज भट्टले १९७ र भट्ट प्यानलका महेशदत्त भट्टले १९५ मत ल्याएका छन् । दुवै क्षेत्रमा मतगणना जारी रहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८ ०१:५८
प्रतिक्रिया दिनुहोस्