Sagun Khabar
बैतडीमा माओवादी केन्द्रको वडा अधिवेशन जारी 

बैतडी–बैतडीमा माओवादी केन्द्रको वडा अधिवेशन जारी रहेको छ । मंसिर ११ गतेभित्र सबै वडामा अधिवेशन सक्ने हिसाबले अधिवेशन भईरहेको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य)ले बताए । 

अधिवेशन भएका सबै ठाउँमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको भट्टले बताए । ११ गते पालिका अधिवेशन गर्ने कार्यतालिका रहेकाले सोही समय सीमाभित्र वडा अधिवेशन सक्ने तयारी रहेको उनले बताए । 

Atrya hospital

बैतडीमा पाटन नगरपालिकाका ३ वडा, सिगास गाउँपालिकाका ४ वडा, सुर्नया गाउँपालिकाका ३ वडा, दशरथचन्द नगरपालिकाका २ र शिवनाथ गाउँपालिकाको एक वडामा अधिवेशन सम्पन्न भईसकेको माओवादी केन्द्र बैतडीले जनाएको छ । यस्तै दोगडाकेदार गाउँपालिकाका सबै वडा र पुर्चौंडीका सबै वडामा अधिवेशन भईसकेको छ । 

मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका वडाहरुमा अधिवेशन हुन बाँकी रहेको जिल्ला संयोजक भट्टले बताए । नेकपाबाट विधिवत रुपमा माओवादी केन्द्र अलग भएपछि पहिलो पटक वडास्तरबाटै अधिवेशन भईरहेको माओवादी केन्द्रले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १४:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update