बैतडी–नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न भएको प्रदेश क्षेत्रीय अधिवेशनबाट क्षेत्र नं (क) १६ जना प्रदेश अधिवेशन प्रतिनिधि विजयी भएका छन् । शिवराज भट्ट प्यानलबाट १३ जना र चतुरबहादुर चन्द प्यानलबाट ३ जना विजयी भएका हुन् ।
भट्ट प्यानलबाट उर्मिला लामा, गोपालदत्त भट्ट, धर्मानन्द जोशी, नरेन्द्रबहादुर साउँद,भुपेन्द्रकुमार भण्डारी, हरिश बिष्ट र सीता बोहरा प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
यस्तै भरतबहादुर राना, लक्ष्मी नेगी, लोकेन्द्रबहादुर भण्डारी, सालिभानसिंह धामी, खेमराज लुहार र भक्तराज भट्टराई पनि भट्ट प्यानलबाटै प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
यस्तै चतुरबहादुर चन्द प्यानलबाट कर्णबहादुर धानुक, पारम बम र कलावती ऐर प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएका कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।